काठमाडौं, साउन २५ । मदिरा सेवन गरेको समयमा आफुलाई देउता चढेको भन्दै दैलेखमा एक पतीले आफ्नी पत्नीको शरिरमा तातो पानी खन्याएका छन् । जिल्लाको भैरबी गाउँपालिका–५ गौरीसल्लाका २६ वर्षीय दिपक नेपालीले श्रीमती हस्तनालाई यस्तो यातना दिएका हुन्।
गत बिहीबार राती मदिरा सेवन गरेर घर पुगेका दिपकले आफूलाई देउता चढेको भन्दै सुत्केरी पत्नीको जिउमा तातो पानी खन्याए। हस्तना चार महिनाकी सुत्केरी रहेको बुभिएको छ ।
हस्तनाको शरीरको १३ प्रतिशत भाग जलेको छ। उनको जिल्ला सदरमुकामस्थित दैलेख अस्पतालमा उपचार भइरहेको छ भने दिपकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।