काठमाडौं, २५ साउन । नेकपा (एमाले) को स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा सुरु भएको बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष भने सहभागी छैन् । बैठकमा उपाध्यक्ष वामदेव गौतम भने सहभागी छन् ।
आजै दिउँसो ३ बजे बस्ने केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्न स्थायी कमिटी बैठक सुरु भएको नेता शेरबहादुर तामाङले जानकारी दिए । स्थायी कमिटी बैठकले पार्टीको विधान मस्यौदा प्रस्ताव पारित गर्ने बताईएको छ ।
नेपाल पक्षले भने सदस्यता नविकरण र विधान अधिवेशनलगायतका सबै काम स्थगित् गर्न आग्रह गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले अब एकताको नाममा पार्टीलाई लामो समयसम्म यसरी रोकेर राख्न नहुने निश्कर्ष सुनाएका छन् । File Photo/ReportersNepal