Logo

शेयर बजारमा आज झिनो अंकको बृद्धि, १४ अर्बको कारोबार



काठमाडौं, २५ साउन । साताको कारोबारको दोस्रो दिन आज शेयर बजारमा झिनो अंकले बृद्धि भएको छ । सोमबार (आज) नेप्से १ दशमलव ५४ अंकले बढेर ३१ सय ९ दशमलव ६६ उच्च विन्दुमा कायम भएको छ । सेन्सेटिभ इन्डेक्स भने आज २ दशमलव ०५ अंकले घटेर ५७५ दशमलव ९५ विन्दुमा रोकिएको छ ।

आज २२४ कम्पनीको १ लाख २८ हजार ९ सय ५९ पटक शेयर कारोबार भएर १४ अर्ब १३ करोड ७३ लाख ३८ हजार ८ सय ८१ रुपैयाँ बराबरको २ करोड ५३ लाख ९३ हजार ६ सय ९९ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

आज पाँच कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको छ । आज १० प्रतिशतले शेयरमूल्य बढ्ने कम्पनीहरुमा आईसीएफसी फाइनान्स कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, हिमालयन पावर पार्टनर, नेपाल हाइड्रो डेभलपर्श, युनियन हाइड्रोपावर लिमिटेड, जीवन विकास लघुवित्त वित्तिय संस्था रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्