Logo

विद्यार्थीलाई खोप उपलब्ध गराउन स्वास्थ्य राज्यमन्त्रीलाई ज्ञापनपत्र



काठमाडौं, २५ साउन । नेपाल विद्यार्थी संघ लगायत संयुक्त विद्यार्थी संगठनले परिक्षा दिने विद्यार्थीहरुलार्ई प्राथमिकताका आधारमा कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।

संयुक्त विद्यार्थी संगठनले आज स्वास्थ तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्र बुझ्दै राज्य मन्त्री श्रेष्ठले परिक्षा केन्द्रमा नै खोप केन्द्र राख्न पहल गर्ने नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले जानकारी दिए ।

नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौँले खोपको माग गर्दै ज्ञापनपत्र बुझाएका हुन्।

 



प्रतिक्रिया दिनुहोस्