काठमाडौं, २५ साउन । सरकारले सचिवहरुको सरुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयमा टेकनारायण पाण्डेको सरुवा गरेको छ । उनी भूमि व्यवस्था मन्त्रालयमा थिए ।
गृहमा रहेका महेश्वर न्यौपानेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।
वित्त आयोगका बगेन्द्र शर्मा पौड्याल रक्षामा लगिएका छन् । प्रधानमन्त्री कार्यालयका बैकुण्ठ अर्याल सञ्चारमा सरुवा भएका छन् ।
कर्णाली प्रदेश प्रमुख कार्यालयका सचिव गणेशप्रसाद पाण्डे भूमि व्यवस्थामा सरुवा गरिएका छन् । प्रदेश नम्बर १ का प्रमुख सचिव सुमन अर्यालय महालेखा परीक्षकको कार्यालयमा सरुवा गरिएका छन् ।