Logo

केपी ओलीले आफ्नो स्वभावअनुसार निर्णय गराउनुभयो, हामीसँग त विकल्प नै विकल्प छ नि : जगन्नाथ खतिवडा (भिडिओसहित)



काठमाडौं, २६ साउन। नेकपा (एमाले) का प्रभावशाली नेता जगन्नाथ खतिवडाले अध्यक्ष केपी शर्मा ओलीले हिजोको केन्द्रीय कमिटी बैठकमा आफ्नो स्वभावअनुसार निर्णय गराएको टिप्पणी गरे.का छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘हामीसँग त विकल्प नै विकल्प छ नि, उहाँको कुरा नै अस्विकार गरेपछि अरु के विकल्प खोज्नुपर्छ र ? त्यो उहाँले गरेका कुरा गलत छन् । हामीले केही दिन अघि केन्द्रीय कमिटीको बैठक गर्यौं ।’ केपी ओलीले आफूहरुलाई अलमल्याउनको लागि मात्रै नाटक गरेको उनको भनाई छ ।

उनले ओली सर्वसत्तावादी र निरंकुश चरित्रको अध्यक्ष बन्न भूमिका खेलेको देखिएको पनि सुनाए । उनले ओलीले गरेका निर्णय आफूहरुको लागि स्वागतयोग्य नभएको बरु खारेजयोग्य भएको टिप्पणी गरे । उनले आफुहरुले सम्मानजनक एकताको लागि मात्रै प्रस्ताव राखेको जिकिर गरे । उनले आफूहरुले संयुक्त हस्ताक्षर गर्ने ठाउँमा पुग्नुपर्ने र ज्यादती गर्न नहुने कुरा आफूहरुको एकताको लागि बटमलाईन रहेको स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्