Logo

‘गगंटे सरकार’ भन्दै गुरु भट्टराईद्वारा रेल्वे कम्पनीको महाप्रबन्धकबाट राजीनामा (पत्रसहित)



काठमाडौं, २७ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा देखि गठबन्धनका नेताहरुलाई गाली गरेर चर्चामा आएका गुरुप्रसाद भट्टराईले नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रबन्धकबाट राजीनामा दिएका छन् । उनले आज पदबाट राजीनामा दिएका हुन् ।

भट्टराईलाई केपी शर्मा ओली नेतृत्वको सरकारले गत वर्ष रेल्वे कम्पनीमा महाप्रबन्धकका रुपमा नियुक्त गरेको थियो । उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका नाममा राजीनामा पत्र बुझाएका छन् ।

सरकारले भट्टराईसँग स्पष्टिकरण सोधेको थियो । उनीमाथि पदीय आचरण विपरित बोलेको र लेखेको भन्दै स्पष्टिकरण सोधिएको थियो ।

भट्टराईले मृत प्रायः अवस्थामा रहेको नेपाल रेल्वे कम्पनी लिमिटेडलाई पुनर्जिवन दिई रेल सेवा सञ्चालन गर्ने तयारी अवस्थामा पुर्याएको दाबी गरेका छन् । उनले वर्तमान सरकारलाई गगंटे भन्दै आलोचना समेत गरेका छन् । राजीनामा पत्रमा लेखेका छन्, ‘जनता विरुद्ध विभिन्न अवाञ्चित स्वार्थहरुको गठजोडलले बनेको गंगटे सरकारले गर्ने जनविरोधी कामहरुके सहयात्री र मुखदर्शक हुन मेरो नैतिक मूल्य मान्यता र मुलुक प्रतिको अगाध प्रेमले नदिने हुँदा मैंले आजकै मितिदेखि लागू हुने गरी नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रबन्धक पदबाट राजीनामा दिएको छु ।’



प्रतिक्रिया दिनुहोस्