Logo

ओली प्रवृत्ति सच्चिन्छ भन्नु भ्रमः बाबुराम भट्टराई



काठमाडौं, २७ । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कुनै हालतमा नसुध्रने ठोकुवा गरेका छन् । उनले ओलीलाई एउटा प्रवृत्ति भन्दै देश र लोकतन्त्रको खतरा भएको टिप्पणी गरेका छन् ।

आज ट्वीट गर्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईले भने, ओलीप्रवृत्ति यौटा पार्टीको आन्तरिक मुद्दामात्र नभएर सम्पूर्ण देश र लोकतन्त्रनिम्ति खतरा र साझा मुद्दा हो । उनले ओलीप्रवृत्तिलाई क्यान्सरको रोगसँग तुलना गरे ।

भट्टराईले ट्वीटरमा लेखेका छन्ः ओलीप्रवृ्ति यौटा पार्टीको आन्तरिक मुद्दामात्र नभएर सम्पूर्ण देश र लोकतन्त्रनिम्ति खतरा र साझा मुद्दा हो।यो समकालीन नेपाली राजनीतिको सबै नकारात्मक पक्षहरूको केन्द्रीकरण हो।यो सच्चिन्छ/सुध्रिन्छ भन्नु र अन्तिम चरणमा पुगेको क्यान्सरको रोगी बॅाच्छ भन्नु उस्तै भ्रम हो।सबैको चेत खुलोस!



प्रतिक्रिया दिनुहोस्