Logo

कोमल वलीले गरिन् बाइडबडी देखि बालुवाटारकाण्डको छानविनको माग



काठमाडौं, २७ साउन । राष्ट्रियसभाकी सांसद कोमल वलीले बाइडबडी देखि बालुवाटार भ्रष्टाचारकाण्डको छानविन गर्न माग गरेकी छिन् । बुधबार बसेको राष्ट्रियसभाको बैठकमा प्रतिपक्ष दल नेकपा (एमाले) की सांसद वलीले बाइडबडी, अरुण तेस्रो, टनकपुर, बालुवाटार, ओम्नी, आयल निगमसहित आयल निगमको जग्गा खरिद, क्यान्टोनमेन्ट लगायतका भष्टाचार काण्डको निष्पक्ष छानविन गर्न माग गरेकी हुन् ।

भ्रष्टाचारको कुरा धेरै आए, आउनुहोस् निष्पक्ष छानविन गरौ भन्दै वलीले वाइडबडी, आयल निगम जग्गा खरिद, बालुवाटार, टनकपुरको छानविन गरौं,ु उनले भनिन् ।
उनले अरुको पार्टी फुटाएको के को लागि भन्दै सांसद वलीले अर्कोतिर औंला ठड्उन नहुनेमा जोड दिइन् । स्वार्थ र भ्रष्टाचारका निम्ति नेपालका नदीनालाहरु बन्धक बनेको समेत वलीले जिकिर गरिन् ।

जलविद्युत आयोजनाहरु विदेशीको इशारामा चलेको आरोप लगाउदै हाइड्रोमा अबौं भ्रष्टाचार भएको उल्लेख गरिन् । विकासको लागि फेरी केपी ओलीको सरकारलाई पर्खन पर्ने भन्दै जवाफ समेत मागिन् । File Photo



प्रतिक्रिया दिनुहोस्