Logo

प्रवेशपत्रको आधारमा विद्यार्थीहरुले खोप लगाउन पाउने



काठमाडौं, २८ साउन । सरकारले परीक्षा दिने तयारीमा रहेका विद्यार्थीहरुलाई खोप उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार परीक्षाको प्रवेशपत्र देखाएर विद्यार्थीलाई खोप लगाउन दिने निर्णय गरेको हो ।

विद्यार्थीहरुलाई अष्ट्राजेनिका वा भेरोसेलमध्ये उपलब्ध कुनै एक खोपको पहिलो मात्रा दिन मातहतका निकायलाई मन्त्रालयले निर्देशन दिएको हो ।

विद्यार्थीलाई खोप दिने मन्त्रालयको निर्णयसँगै विश्वविद्यालयको विभिन्न तहको परीक्षा दिइरहेका देशभरका विद्यार्थीले खोप लगाउन पाउने भएका छन् । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर र स्नातक तहको परीक्षा सञ्चालन गरिरहेको छ।

कोरोना संक्रमणको जोखिमकै कारण ३१ साउनदेखि तोकिएको कक्षा १२ को परीक्षा भने स्थगित भएको छ ।



प्रतिक्रिया दिनुहोस्