काठमाडौं, २८ साउन । नेकपा एमालेका सचिव योगेश भट्टराईलाई निवासमै पुगी भारतीय राजदूत विनयमोहन क्वात्राले भेटेका छन् । मातृशोकले काजक्रियामा रहेका भट्टराईलाई निवासमै पुगेर समवेदना व्यक्त गरेका हुन् ।
आज राजदूत क्वात्राले भट्टराई र परिवारलाई भेटी उनकी माता महेन्द्रादेवी भट्टराईको निधनप्रति समवेदना व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
महेन्द्रादेवी भट्टराईको ९५ वर्षको उमेरमा २३ साउनमा निधन भएको हो ।