काठमाडौैं, २८ साउन । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को परीक्षा भदौमा पनि नहुने भएको छ । यातायात व्यवस्था विभागले भदौ १ गतेबाट सवारी चालकको परीक्षाको लागि लिखित तथा प्रयोगात्मक परीक्षा आवेदन खोल्ने तयारी गरेको थियो ।
विभागको अनुसार लाइसेन्सको लागि करीब ७ लाख आवेदकले आवेदन दिएका छन् । कोभिड–१९ को तेस्रो भेरियन्ट तीव्र रुपमा फैलिएको भन्दै परीक्षा संचालन गर्न नसक्ने विभागले जनाएको छ । सिएमसीको अनुमति बिना परीक्षा संचालन गर्न नसक्ने विभागको भनाई छ ।
प्रत्येक वर्ष ६ लाख भन्दा बढीले आवेदन दिने गरेकोमा लगातार धेरै समय परीक्षा दिन नपाउदा १८ वर्ष माथिका धेरै नागरिकहरुलाई समस्या पर्ने देखिन्छ ।