काठमाडौं, २९ साउन । नागरिक लगानीकोषको साउन १९ गतेदेखि विक्रिमा आएको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।
कम्पनीले एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको पटक–पटक लिलामीमा बिक्रि गरी बाँकी रहेको ३ लाख ५० हजार ३६९ कित्ता शेयर पुनः लिलामी बिक्रिमा ल्याएको हो ।
कोषको प्रतिशेयर १ हजार ४६३ रुपैयाँ तोकिएको हुनाले सो मुल्यमा शेयर खरिदको लागि संघसंस्था वा व्यक्तिले न्युनतम १०० कित्तादेखि सम्पुर्ण कित्ताको लागि आवेदन दिन सकिन्छ । शेयर बिक्रि प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।