Logo

ऋणपत्र निष्काशनका लागि एनएमबि बैंकले दियो बोर्डमा निवेदन



काठमाडौं, २९ साउन । एनएमबि बैंकले ३५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले धितोपत्र बोर्डमा ऋणपत्र निष्काशन गर्न बोर्डमा साउन २४ गते निवेदन दिएको हो ।

बैंकले निष्कासन गर्ने ३ अर्ब ५० करोड बराबरको ३५ लाख कित्ता ऋणपत्र मध्ये १४ लाख कित्ता ऋणपत्र सर्वसाधारण र २१ लाख कित्ता ऋणपत्र व्याक्तिगत तवरबाट विक्री गर्ने बताएको छ । ऋणपत्र विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।



प्रतिक्रिया दिनुहोस्