काठमाडौं, २९ साउन । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेताको नाममा खुलेका प्रतिष्ठानको नाम परिवर्तनको माग गरेका छन् । आज प्रतिनिधि सभामा बोल्दै उनले नेताको नाममा खुलेका स्वास्थ्य तथा शैक्षिक प्रतिष्ठानहरु भ्रष्टाचारको अखडा बनेर बदनाम भएको तर्क गर्दै नाम परिवर्तनको माग गरेका हुन् ।
‘वीपी कोइरालाको नाममा खुलेको वीपी कोइराला स्वास्थ्य प्रतिष्ठान भ्रष्टाचारले बदनाम भएको छ,’ सुवालले भने । नेपाली काँग्रेस वीपीको नामले गर्व गर्ने वीपीको नाममा खुलेका प्रतिष्ठान बाँडीचुँडी रकम खाने थलो हुँदा केही गर्दैन भन्दै आलोचना गरे ।
वीपी, गणेशमान, मनमोहन जस्ता नेताको नाममा खुलेका प्रतिष्ठानले ती नेताहरुलाई समेत बदनाम बनाउन खोजेको आरोप लगाए । उनले भने, नेताको नाममा खुलेका प्रतिष्ठानहरुको नाम परिवर्तन गर्नुपर्छ ।