रोल्पा, साउन ३० । बुटवलबाट शव रोल्पा पुर्याएर फर्कदै गरेको एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।माडि गाउँपालिका २ मा शनिबार बिहान ४ बजे भएको दुर्घटनामा सोहि ठाउँ घर भएका चालक २७ वर्षीय प्रकाश घर्ती मगरको मृत्यु भएको हो। एम्बुलेन्समा बसेका ३८ वर्षीय प्रितीप्रसाद पुन सामान्य घाइते छन्।
माडि गाउँपालिका घर्तिगाउँमा रहेको स्मृती अस्पताल प्रालीको रा १ च ७०५ नम्बरको उक्त एम्बुलेन्स कोर्चावाङ शव पुर्याएर फर्कदै गरेको थियो। रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदीका अनुसार एम्बुलेन्स माडि गाउँपालिका २ खोलवाङ भिर नेरको सडकबाट करिब ६ सय मिटर तल खसेको छ।