काठमाडौं, ३० साउन । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीको राष्ट्रिय सम्मेलन आगामी पुष ११, १२ र १३ गते गर्ने प्रस्ताव गरेका छन् । पार्टीको आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै दाहालले राष्ट्रिय सम्मेलनको लागि मिति नै प्रस्ताव गरेका छन् ।
अहिले बैठकमा राजनीतिक प्रतिवेदन र विधान संशोधन मस्यौदामाथि छलफल सुरु भएको छ । समूह बनाएर छलफल सुरु गरिएको छ । भोलि फेरि बस्ने बैठकमा सदस्यहरुले समूहगत रुपमा आफ्नो सुझाव पेश गर्ने बताईएको छ ।