Logo

उहिले रिपोर्टर्स क्लबमा धान विज्ञ भोलामान सिंह बस्नेत



काठमाडौं, ३० साउन । धान विज्ञ भोलामान सिंह बस्नेत अब रहेनन् । उनले नेपालमा धान दिवसलाई पर्वको रुपमा मनाउने परम्पराको थालनीमा महत्वपूर्ण भूमिका खेलेका थिए । आफ्नो जीवनको अधिकांश समय धानको अनुसन्धानमा खर्चिएका बस्नेतले कृषि अनुसन्धान परिषद्मा लामो समय काम गरेका थिए ।

सेवानिवृत्त भएपछि पनि बस्नेत अनुसन्धानमा सक्रिय भए । रैथाने धानहरुको संरक्षणमा पनि उनी सक्रिय रहे । बस्नेतका दुई छोरी र श्रीमती छन् । बस्नेत रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा पनि आइरहन्थे । प्रत्येक वर्ष असारमा उनी निकै व्यस्त हुन्थे । मिडियामा भ्याइनभ्याइहुन्थ्यो । धानको अनुसन्धानमा उनले निकै ठूलो योगदान दिएका थिए ।

फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्