काठमाडौं, ३० साउन । जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता राजेन्द्र महतोले उपेन्द्र यादवले नेतृत्व गरेको जसपा सत्ता र भक्ता खानको लागि बनेको पार्टी भएको टिप्पणी गरेका छन् ।
आज (शनिबार) जसपा महन्थ ठाकुर पक्षको बागमती प्रदेशले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले आफूहरुले नेतृत्व गरेको पार्टी नै आधिकारिक जसपा भएको पनि दाी गरे । उनले उपेन्द्र यादवलगायतलाई लोभी पापी नेताको संज्ञा पनि दिए । उनले आफूहरुसँग देशभरिका कार्यकर्ताहरुको दरिलो साथ रहेको पनि जिकिर गरे ।
देशको मुक्तिका लागि जसपा नेपालले सङ्घर्ष गर्ने दाबी गर्दै उनले यसका लागि सङ्गठनलाई बलियो बनाउन नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
तस्विर: मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम