Logo

शेयरधनीलाई पुरानो लाभांश लिन समृद्धि फाइनान्सको आग्रह



काठमाडौं, ३२ साउन । समृद्धि फाइनान्स कम्पनीले आफ्ना शेयरधनीहरुलाई ५ वर्ष पुरानो लाभांश बुझिलिन आग्रह गरेको छ । २०६४÷६५ सम्म घोषणा भई वितरण गर्न बाँकी लाभांश बुझिलिन आग्रह गरेको हो ।

२०६४/६५ सम्म लाभांश घोषणा भई लिन बाँकी १ लाख ३७ हजार ८५ नगद लाभांश पारित भएको मितिले पाँच वर्ष बितिसके पश्चात पनि लाभांश लिन नआएकाले शेयरधनीलाई चाडै सम्पर्क गरी लिन कम्पनीले आग्रह गरेको हो ।

कम्पनीले सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र लाभांश पुर्जा बुझिलिई लाभांश रकम भुक्तानी लिन आग्रह गरेको हो । तोकिएको समयभित्र पनि लाभांश रकम नबुझेमा कम्पनी ऐन अन्तर्गत लगानीकर्ता संरक्षण कोषमा उक्त लाभांश जम्मा हुने जानकारी समेत कम्पनीले दिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्