Logo

अख्तियारद्वारा वीरगञ्जको नारायणी अस्पतालमा छापा



काठमाडौं, ३२ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाबाट खटिएको टोलीले वीरगञ्जको नारायणी अस्पतालमा सोमबार छापा मारेको छ । अख्तियारले अस्पतालद्वारा संचालित फार्मेसीमा अनियमितता भएको उजरी परेपछि अस्पताललाई छापा मारेको जनाएको छ ।

अस्पतालको फार्मेसीमा रहेको औषधी, कागजात समेत जफत गरी अख्तियारले अनुसन्धान गरीरहेको छ ।



प्रतिक्रिया दिनुहोस्