एजेन्सी, १ भदौ । कोरोना भाइरसको दोस्रो लहरले आक्रान्त बनेको राष्ट्र मध्ये एक हो भारत । हालसम्म भारतमा ४ लाख ३२ हजार १ सय १२ जनाले सक्रमणबाट ज्यान गुमाइसकेका छन् । त्यस्तै, ३६ लाख ९ हजार ८ सय १३ जना संक्रमितको उपचार भइरहेको छ ।
३ करोड २२ लाख ५० हजार ६ सय ७९ कुल संक्रमित मध्ये ३ करोड १४ लाख ४८ हजार ७ सय ५४ जना संक्रमणमुक्त भएका छन् । त्यस्तैगरी, भारतमा ८ हजार ९ सय ४४ जना संक्रमित गम्भिर अवस्थामा उपचाररत छन् ।
नेपालमा हालसम्म ७ लाख ३४ हजार ८ सय ३८ जना कोरोना संक्रमित रहेका छन् । पछिल्लो २४ घन्टामा ३४ सय ५१ नयाँ संक्रमित थपिएका हुन् । सोमबार मात्र नेपालमा ३५ जनाको संक्रमणबाट निधन भएसँगै कुल मृतकको संख्या १० हजार ३ सय २७ जनाको निधन भएको छ ।