Logo

तुलसा र मायाले गरे गुट परिवर्तन, माधव पक्षमा २५ सांसद पुगे



काठमाडौं, १ भदौ । नेकपा एमाले विभाजन हुनलाग्दा केन्द्रीय सदस्य र सांसदहरुले धमाधम गुट परिवर्तन गर्न थालेका छन् । आज अध्यक्ष केपी शर्मा ओली पक्षका २ सांसदले गुट परिवर्तन गरेका छन् ।

समानुपातिकतर्फ निर्वाचित तुलसा थापा र माया ज्ञवालीले गुट परिवर्तन गरेका छन् । उनीहरु माधव नेपाल पक्षको भेलामा सहभागी भएका छन् ।

तुलसा थापा एमाले उपाध्यक्ष वामदेव गौतमकी पत्नी हुन् । माया ज्ञवाली पूर्व ऊर्जामन्त्री हुन् । दुवै गौतम निकट सांसद हुन् ।

२३ जना सांसद माधव नेपाल पक्षमा रहेकोमा २ जना थपिएका छन् । अब नेपाल पक्षमा २५ जना पुगेका छन् । मन्त्री भइसकेका केही सांसदहरु पनि गुट परिवर्तनको तयारीमा रहेको बुझिएको छ ।

अन्तिम समयमा १० सांसद गुट परिवर्तन गर्न सक्ने बुझिएको छ । माधव नेपाल पक्षले ३० भन्दा बढी सांसद रहने आँकलन गरेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्