काठमाडौं, १ भदौ । नेकपा (एमाले) को स्थायी कमिटी बैठक सम्पन्न भएको छ । तुलसीला स्मृति प्रतिष्ठान, च्यासलमा बसेको बैठकले सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याए सशक्त विरोध र प्रतिवाद गर्ने निर्णय गरेको छ । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले दल विभाजनसम्बन्धी अध्यादेश आए सशक्त विरोध गर्ने निर्णय भएको जानकारी दिए ।
उनले भने,‘सरकारले अध्यादेश ल्याउन लागेको छ। यो एकदम गलत छ। संविधान विरूद्धको खेल छ। यसले अरू राजनीतिक दल फुटाएर अस्थितरता निम्तने खेल हो। संसद अधिवेशन हठात् अन्त्य गर्नुमा चै आफूले संसदप्रति गरेका प्रतिवद्धताका विरूद्धमा छ। यो गलत काम भयो ।’ file photo