Logo

एनसीसी बैंकको भदौ १ गतेदेखि लागु हुनेगरी नयाँ ब्याजदर सार्वजनिक



काठमाडौँ, २ भदौ । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले भदौ १ गतेबाट लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा आज बाट लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

बैंकले सार्वजनिक भएको व्याजदर अनुसार विभिन्न प्रकारको बचत खातामा न्युनतम २ दशमलव ५० प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म व्याज दिइने जनाएको छ भने मुद्दती निक्षेपमा ६ दशमलव ५० प्रतिशतदेखि ८ दशमलव २६ प्रतिशतसम्म व्याज दिइने उल्लेख गरिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्