Logo

एमाले फुटाएर माधव नेपालले बनाए नेकपा एमाले (समाजवादी)



काठमाडौं, २ भदौ । नेकपा एमाले फुटेको छ । आज माधवकुमार नेपालले एमाले विभाजन गरी नयाँ दल दर्ताका लागि निवेदन दिएसँगै औपचारिक रुपमा फुटेको हो ।

फुटेको दलको नाम नेकपा एमाले समाजवादी राखिएको छ । चुनाव चिन्ह खुल्ला किताब राखिएको छ ।

माधव नेपालनिकट सांसद मेटमणि चौधरीले दल दर्ताको निवेदन दिएको बताए । नेकपा एमाले समाजवादीको संयोजक माधव नेपाल नै रहेका छन् ।

दल विभाजन सजिलो हुने गरी अध्यादेश जारी भएलगत्तै माधव नेपालसहित उनीपक्षीय नेताहरु निर्वाचन आयोग पुगेका हुन् ।



प्रतिक्रिया दिनुहोस्