Logo

माधव नेपाललाई पहिलो गाँसमै ढुङ्गा



काठमाडौं, २ भदौ । नेकपा एमाले फुटाएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई पहिलो गाँसमै ढुङ्गा भएको छ । नेकपा एमाले (समाजवादी) दल दर्ता गर्न पुगेका उनले किताब चिन्ह राख्न खोजे । तर, उक्त चिन्ह निर्वाचन आयोगमा दर्ता भएको दलले पहिल्यै छानिसकेको परेको छ ।

किताब चिन्ह राखेर माधव नेपालले दल दर्ता गर्न लागेको थाहापाएर उन्नत लोकतान्त्रिक पार्टीको केन्द्रीय सदस्य बताउने बोधराज न्यौपानेले किताब चिन्ह आफूहरुको भइसकेको भनेर उजुरी समेत दिइसकेको बताए । उक्त दलको अध्यक्ष स्वागत नेपाल छन् ।

यसअघि माधव नेपाललाई पार्टी विभाजनमा उनी पक्ष कुनै पनि एमाले पदाधिकारीले साथ दिएनन् । अष्टलक्ष्मी शाक्यले समेत साथ छाडिन् । भीम रावलले साथ छाडिसकेका छन् । गोकर्ण बिष्ट, योगेश भट्टराई र भीम आचार्यले समेत साथ दिएनन् । सुरेन्द्र पाण्डे पनि एमाले विभाजनको पक्षमा गएनन् ।



प्रतिक्रिया दिनुहोस्