काठमाडौं, ३ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन भएपछि पहिलोपटक सम्बोधन गरेका छन् । ओलीले बोल्दा अगाडि सुर्य चिन्ह राखे पछाडि राष्ट्रिय झण्डा राखे ।
नेकपा हुँदा नै सुर्य चिन्हका लागि संघर्ष चलेको थियो । विभाजन भएपनि सुर्य चिन्ह ओली अध्यक्ष भएको पार्टी नेकपा एमालेकै हुनेछ ।
ओलीले अध्यादेशमा २० प्रतिशत केन्द्रीय सदस्य वा सांसद संख्या राखेर दल विभाजन गर्ने उद्देश्य राखिएको भन्दै सत्तारुढ गठबन्धनप्रति आक्रोश व्यक्त गरे । उनले सरकारले कानुनलाई भाँचेर र संविधान मिचेर सरकार सञ्चालन भइरहेको आरोप लगाए ।
तानाशाही शैलीमा सरकार चलाइएको उनको आरोप थियो । ओलीले आफ्नो दल असंवैधानिक बाटोमा नजाने दाबी गरे । उनले भने, हामीविरुद्ध षड्यन्त्र भएको छ र त्यसलाई परास्त गर्न लागेका छौं ।