Logo

शंकर पोखरेल र घनश्याम भुसालले ओलीलाई लचिलो बनाउन खोज्दा…



काठमाडौं, ४ भदौ । नेकपा एमाले विभाजन भएपछि दोस्रो पुस्ताका नेताहरु अध्यक्ष केपी शर्मा ओलीलाई केही लचिलो भई पार्टी एकता जोगाउन आग्रह गर्न पुगेका थिए । उनीहरुले माधव नेपाललाई केही ठाउँ दिएर भएपनि पार्टी फुट अझै जोगाउन सकिने विषय राखे ।

विश्वस्त स्रोतका अनुसार एमाले नेता शंकर पोखरेलले माधव नेपाललाई दोस्रो अध्यक्ष बनाएर भएपनि एकता बनाउने प्रस्ताव ओलीसँग राखे । घनश्याम भुसालले पनि त्यही विकल्पबारे कुरा उठाए । तर, दुवैजना नेतालाई ओलीले हप्काएको स्रोतले बतायो ।

ओलीले कुनैपनि हालतमा माधव नेपाललाई एमालेमा ठाउँ नदिने स्पष्ट पारे । उनले माधव नेपालले शेरबहादुर देउवा कहाँ लगेर नेताहरुलाई बेच्न खोजेको भन्दै कुनै हालतमा स्थान नदिने जवाफ दिएका थिए । प्रचण्डको टाङमुनी छिरेको भने ।

ओलीको कडा जवाफ पछि नेताहरु निराश भएर फर्किए । उनीहरुले ओली लचिलो हुने सम्भावना नदेखेपछि नयाँ रणनीति बनाएका छन् । ओलीलाई एकताका लागि दबाब दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्