Logo

आरएमडीसी लघुवित्तको संस्थापक शेयर आजदेखि लिलामीमा



काठमाडौं, ४ भदौ । आजदेखि आरएमडीसी लघुवित्तको संस्थापक शेयर लिलामीमा विक्रि खुल्ला भएको छ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ३ लाख ६ हजार ६५ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो ।

आजदेखि लिलामीमा ल्याएको शेयरमा भदौ १८ गतेसम्म आवेदन दिन सकिने संस्थाले जनाएको छ । प्रतिकित्ता शेयरको मुल्य ६ सय ३ रुपैयाँ निर्धारण गरिएको छ । संस्थाको अनुसार तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी शेयर खरिद गर्न बोलकबोल गर्नुपर्नेछ ।

शेयर खरिद गर्न न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि माग गर्न सकिने व्यवस्था संस्थाले गरेको छ । शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।



प्रतिक्रिया दिनुहोस्