Logo

ताङ्गु खोलामा झोलुङ्गे पुल निर्माण



सिन्धुपाल्चोक, ४ भदौ: पाँचपोखरी थाङपाल गाउँपालिका– ३ मा रहेको पवित्र धार्मिक तथा पर्यटकीयस्थल पाँचपोखरीसम्म पुग्न ताङ्गु खोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ ।गाउँपालिकाका अध्यक्ष टासी लामा र उपाध्यक्ष सुनिता अधिकारीले ७८ मिटर लामो सो पुलको विहीबार शुभारम्भ गर्दै पूर्वाधार विकासमा गाउँपालिकाले उच्च प्राथमिता दिएको बताए ।

वडा नं ३ का वडाध्यक्ष ङिमा छिरिङ तामाङले तीर्थयात्रीको सहजताका लागि पुलबाट सहजत हुने विश्वास व्यक्त गरे । गाँउपालिकाले कोरोनाको कारण यस वर्ष मेला स्थगन गरेको छ । क्षेत्रगत झोलुङ्गे पुल कार्यक्रम र गाँउपालिकाको आर्थिक सहयोग गरी रु ४४ लाखमा पुल सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशकुमार पोखरेलले जानकारी दिए ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्