Logo

नेपाल र ठाकुरलाई पार्टीको नाम परिवर्तन गर्न आयोगकाे आग्रह



काठमाडौं, ४ भदौ। सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि एमाले वरिष्ठ नेता माधव नेपाल र जसपाका नेता महन्थ ठाकुरले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। माधव नेपालले पार्टीको नाम नेकपा एमाले (समाजवादी) र ठाकुरले जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) नाम राख्न निवेदन दिएका हुन्।

पार्टीको नाम अन्य दलसँग मिल्दोजुल्दो भएको भन्दै नाम परिवर्तन गर्न सम्बन्धित पक्षलाइ निर्वाचन आयोगले आग्रह गरेको छ। नेपाल र ठाकुरले बुधबार निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवदेशन दिएका थिए। आयोगले सो निवेदनमाथि दश दिनभित्र दर्ताको काम सक्ने जनाएको छ।-File Photo



प्रतिक्रिया दिनुहोस्