Logo

“युनिक स्वयंसेवक नेपाल” संस्थाको अवैध चन्दा संकलन गर्ने पक्राउ



कास्की,४ भदौ । अवैध रुपमा चन्दा संकलन गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका २६ बिजयपुरस्थित न्यू हाईवे स्टाफ होटेल एण्ड लजबाट अवैध रुपमा चन्दा संकलन गरेको अभियोगमा झापा बिर्तामोड नगरपालिका १ बस्ने ३४ वर्षीया एलिजा बस्नेत लगायत ३ जनालाई नगद ४ लाख ६ हजार ४ सय ६ रुपैयाँ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

“युनिक स्वयंसेवक नेपाल” नामक संस्थाको नामबाट अबैध रुपमा चन्दा संकलन गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्