काठमाडौं, ४ भदौ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का सिइओ चन्द्रसिंह साउदलाई छानबिन गरि कारवाही गर्न अर्थ समितिले निर्देशन दिएको छ ।आज (शुक्रबार) बसेको अर्थ समितिको बैठकले अध्यक्ष ढुंगाना र सिईओ साउदलाई छानविन गरि कारवाही गर्न निर्देशन दिएको हो ।
बुक बिल्डङ विधिबाट शेयर निष्काशनको तयारीमा रहेको सर्वोत्तम सिमेन्टको शेयर अध्यक्ष ढुंगानाकी छोरी र सिईओ साउदको श्रीमतिले खरिद गरेका थिए । अर्थ मन्त्रालयले पनि आन्तरिक रुपमा छानविन गरिरहेको र प्रतिवेदनका आधारमा कारवाही गर्ने तयारी भैरहेको जानकारी समिति बैठकमा अर्थमन्त्री जनार्दन शर्माले दिएका थिए ।-File Photo