Logo

तालिवानको उदयपछि चीन किन उत्साही



एजेन्सी, ६ भदौ । १५ अगस्तमा तालिवानले अफगानिस्तान कब्जा गरेपछि विश्व जगतमा नयाँ चुनौती देखिएको छ । २० वर्षदेखि अमेरिकाले प्रभुत्व जमाएको अफगानिस्तान अहिले तालिवानको नियन्त्रणमा छ । अमेरिकाले त्यहाँ रहेका नागरिक र कुटनितिज्ञहरु निरन्तर उद्धार गरिरहेको छ ।

अफगानिस्तान नियन्त्रण गर्नुभन्दा केही दिन अगाडि तालिवानका प्रभावशाली नेताले चीन र रुसका विदेशमन्त्रीहरुसँग भेटवार्ता गरेका थिए । भेटवार्ता भएको तीन हप्तामै तालिवानले सत्ता कब्जा गर्न सफल भयो । यसले विश्व जगतमा अमेरिकाको हार भएको आँकलन गरिएको छ । यसबाट चीन उत्साही भएको छ ।

चीन अफगानिस्तानको अगामी भविष्य बारे आशावादी समेत देखिएको छ । अमेरिकाले अफगानिस्तान छाडेलगत्तै दक्षिण एसियामा अमेरिकाको भित्री प्रभाव कम भएको टाइम्स अफ इन्डियाले लेखेको छ । अमेरिका अफगानिस्तानबाट पछाडि चीन नजिकको सीमा र उत्तर पश्चिमरहेको मुस्लिम प्रभुत्व क्षेत्रहरुमा अमेरिकाले आफुनो प्रभाव बढाउन सक्ने समेत जनाइएको छ ।

तालिवानले अफगानिस्तान कब्जा गरेपछि चीनले त्यहाँको राजनीति र आर्थिक क्षेत्रमा आफ्नो प्रभाव बढाउन सक्ने आँकलन गरिएको छ । विशेष गरी चीनले अफगानिस्तानमा खनिज स्रोतमा समेत आफना्े प्रभुत्व जमाउन सक्ने देखिएको छ । तालिवानले कब्जा गरेपछि चीनले अफगानिस्तानको पूर्वाधार विकास र स्थायित्वको संरक्षणमा साथ दिने समेत बताइसकेको छ । तर, स्थिति नियन्त्रण हुन आवश्यक रहेको चीनले जनाएको थियो । अमेरिका भन्दा चीनले त्यहाँ अगामी दिनमा निकै प्रभाव पार्न सक्ने विज्ञहरुले विश्लेषण गरिरहेको छ । अन्य देश जस्तै चीनलाई समेत तालिावनको थे्रट रहेको छ ।

ओसामा विन लादेनको नेतृत्वमा अमेरिकामा भएको ११ सेप्टेम्बर जस्तै हमला नदोहोरियोस भन्दै तालिवानलाई चीनले चेतावनी समेत दिइसकेको छ । चीनले आफ्नो लगानी मध्ये एसिया र पाकिस्तानमा गरेको छ । चिनियाँ इन्स्टिच्युट अफ कन्टेम्प्रोेरी इन्टरनेश्नल रिलेशनका प्रध्यापक ली वेईको भनाईलाई उदृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ,‘अफगानी तालिवानीहरुले विश्वका आंतवादीसँगको सम्बन्ध तोड्ने कसम खाएका छन् । तर, उनीहरुले उक्त सम्बन्ध कसरी तोडछन् भन्ने विषय अन्यौल छ ।’

धर्मनीरपेक्ष रहेको चिनियाँ कम्युनिस्ट पार्टीले चीनको नेतृत्व गरिरहेको अवस्थामा तालिावान सितको सम्बन्ध प्रगाढ हुने बुझिएको छ । चीन धर्मबाहेक सामाजिक र आर्थिक स्थायित्वको पक्षमा सधै रहेको कारण तालिवानसित वा अन्य राष्ट्रसँग सम्बन्ध बनाउन सक्दो प्रयास गरिरहेको छ । तालिवानी नेता मुल्लाह अबदुल घनी बारादारको टोली चिनियाँ विदेशमन्त्री सितको भेटवार्तामा चिनियाँ विदेशमन्त्री वांङ यीले भने ‘चीन द्वन्द्वको र आंतकवादको समाप्ती चाहेको छ । साथै, अफगानिस्तानमा स्थायित्व चाहेको छ ।’

चिनियाँ मिडिया र अधिकारीहरुले अमेरिकाको अफगानिस्तानबाट पतन र हारको सामाना भएको निरन्तर लेखिरहेको छ । द्वन्द्वको बाबजुद चीनले अमेरिकन विदेशमन्त्री व्लीकनलाई अफगान मामलामा चीन अमेरिकासँग सहकार्य गर्न इच्छुक रहेको समेत जनाइएको छ । तर, चीनको अधिकार र चासोलाई दबाउन प्रयास नगर्न समेत जनाइएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफगानिस्तानबाट आफ्ना नागरिकको उद्धार कार्य निकै जोखिम पूर्ण भइरहेको र नागरिकलाई दूतावासले सुचना दिए पछि मात्र एयपोर्ट प्रस्थान गर्न समेत आग्रह गरिरहेका थिए । राष्ट्रपति बाइडेनको भनाईलाई उदृत गर्दै टाइम्स अफइन्डियाले लेखेको छ,‘हाम्रो प्रतिस्पर्धी चीन र रुस हो । अफगानिस्तानमा अमेरिकाको हार र खरबौँ डलर खर्च भएको कारण उनीहरु खुशी छन् । उनीहरु आफ्नो प्रभाव परेर अफगानिस्तानमा स्थायित्व कायम गर्ने प्रयास गरिरहेको छ । चीन र रुसले अफगानिस्तानमा स्थायित्व चाहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले लेखिरहेका छन् ।

अमेरिकाले प्रभुत्व जमाएको अफगानिस्तानमा चीनले २० वर्षमा सक्दो लगानी लगाएको समेत जनाइएको छ । चीनले अफगानिस्तानको रेल्वे, पूर्वाधार, कपर इन्डस्ट्रि र विद्युतमा आफ्नो लगानी गरिरहेको छ । तेलखानीको क्षेत्रमा समेत लगानी गरिरहेको जनाइएको छ ।

चीनले पाकिस्तानमा अत्याधिक लगानी लगाएको छ । चीनको पाकिस्तान र अफगानिस्तानसित बेल्ट एण्ड रोड इनिसिएटिभमा समेत जोड दिएको छ । मध्ये एसिया र पाकिस्तानमा चीनको अत्याधिक लगानीले तालिवानलाई पुनः स्थापित हुन सकेको र अफगानिस्तानलाई कब्जा गर्न सजिलो भएको समेत चर्चा छ । चीनले अफगानिस्तानमा शान्ति कायम गर्न हर प्रयास गर्न र अमेरिकाले अफगानिस्तानमा गरेको गल्तीलाई समेत नगर्ने जनाइएको छ । अहिलेको अवस्थामा अमेरिकाको हार भएको चीनको जित भएको चिनियाँ सञ्चारमाध्यमहरुले लेखेका छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्