काठमाडौं, ७ भदौ । लेखक तथा राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाले नेकपा (एमाले) का अध्यक्ष केपी ओलीबाट होसियार रहन अपिल गरेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा यस्तो लेखेका हुन ।
उनले ओलीको ‘गर्जनभित्रको प्रतिशोधको हुङ्कार देख्दा ओलीले आफ्नो अमर्यादित भीडको अघि लागेर आफैँ हातपात पो’ गर्लान् कि जस्तो लागेको भन्दै होशियार लेखेका छन् । उनले लेखेका छन्,‘ओली गर्जनको अर्थ– राष्ट्रपति विद्याले त सधैँ मेरो आदेश पालन गरिन् भने को हौ तिमी सिंहदरबार र लुम्बिनीका सभामुख? पदच्युत हुन रहर गर्या हौ?यो गर्जनभित्रको प्रतिशोधको हुङ्कार देख्दा ओलीले आफ्नो अमर्यादित भीडको अघि लागेर आफैँ हातपात पो गर्लान् कि जस्तो लाग्छ। होशियार !’
ओली गर्जनकाे अर्थ- राष्ट्रपति विद्याले त सधैँ मेराे आदेश पालन गरिन् भने काे हाै तिमी सिंहदरबार र लुम्बिनीका सभामुख? पदच्युत हुन रहर गय्रा हाै?याे गर्जनभित्रकाे प्रतिशाेधकाे हुङ्कार देख्दा ओलीले आफ्नाे अमर्यादित भीडकाे अघि लागेर आफैँ हातपात पाे गर्लान् कि जस्ताे लाग्छ। हाेसियार!
— Khagendra Sangroula (@belakoboli) August 23, 2021