Logo

काठमाडौँ उपत्यकामा ७०८ सङ्क्रमित थपिए



काठमाडौँ, ७ भदौ: काठमाडौँ उपत्यकामा पछिल्लो समय ७०८ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा ४४१, ललितपुरमा १६७ तथा भक्तपुरमा १०० जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । काठमाडौँमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार १८२, भक्तपुरमा एक हजार ४११ तथा ललितपुरमा दुई हजार २४० रहेको छ ।

थप २४ सङ्क्रमितको मृत्यु

पछिल्लो समय देशमा कोरोना भाइरसको सङ्क्रमणबाट थप २४ सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार ५३३ पुगेको मन्त्रालयले जनाएको छ । रासस/File Photo



प्रतिक्रिया दिनुहोस्