काठमाडौं, ८ भदौ । नेकपा एमाले स्थायी कमिटी बैठकमा उपाध्यक्ष युवराज ज्ञवाली अध्यक्ष केपी शर्मा ओलीको सबैभन्दा नजिकको सिटमा देखिए । ओलीको दायाँ ज्ञवाली थिए भने बायाँ ईश्वर पोखरेल ।
बैठकमा ज्ञवालीले महत्वपूर्ण सिट पाए । ज्ञवालीको बायाँतर्फ अष्टलक्ष्मी शाक्य थिइन् । उनीसँगै भीम रावल र त्यसपछि अमृतकुमार बोहरा थिए । बोहरासँगै सुरेन्द्र पाण्डे थिए ।
ईश्वर पोखरेलको बायाँतर्फ विष्णु पौडेल थिए । आजको सिट व्यवस्थापन अर्थपूर्ण थियो ।
लामो समय माधवकुमार नेपाल खेमामा रहेर एमाले विभाजन हुँदा साथ नदिएकाहरुलाई ओलीले विशेष महत्व दिएका छन् । उनीहरुको पदाधिकारी पद यथावत् रहने र विगतमो १० बुँदे सहमति संशोधनसहित कार्यान्वयन गर्न ओली तयार भएका छन् ।