Logo

आजदेखि कुमारी बैंकको संस्थापक शेयर विक्रीमा



काठमाडौं, ९ भदौ । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर आजदेखि (बुधवार) विक्रीमा ल्याएको छ । शेयरधनी सदस्य रोशनी बज्राचार्यले विक्री गर्न चाहेको ४० हजार कित्ता शेयर विद्यमान संस्थापकहरुले खरिद गर्न सक्ने गरी बैंकले विक्रीमा ल्याएको हो ।

शेयर खरिद गर्न इच्छुक विद्यमान शेयरधनीहरुले आगामी ३५ दिनभित्र बैंकको प्रधान कार्यालय, टंगाल, काठमाडौंमा निवेदन दिन आग्रह गरेको छ । बैंकको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्