काठमाडौं, ९ भदौ । आजदेखि तेह्रथुम पावर कम्पनी लिमिटेडले ८ करोड बराबरको ८ लाख कित्ता आईपीओ विक्रिमा ल्याएको छ । कम्पनीले प्रतिकित्ता १०० अंकित दरको ८ करोड बराबरको ८ लाख कित्ता आईपीओ सर्वसाधारणमा विक्रीमा ल्याएको हो ।
कुल कित्तामध्ये ५ प्रतिशत दरको ४० हजार कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट गरिसकेको छ भने २ प्रतिशत दरको १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो ।
यो शेयर खरिद गर्न भदौ १३ गतेसम्म छिटोमा र ढिलोमा भदौ २३ गतेसम्म न्युनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।