काठमाडौं, ९ भदौ । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का नेताहरु सनाखतको लागि चन्द्रागिरी रिसोर्टबाट निर्वाचन आयोगतर्फ प्रस्थान् गरेका छन् । सोमबार र मंगलबार दुई दिन रिसोर्टमा बसेर विधानलगायत राजनीतिक दस्तावेजबारे छलफल गरेका नेताहरु उतैबाट सिधै आयोगको कार्यालय आईरहेका छन् ।
आयोगले दल दर्ताको लागि सनाखतको लागि आज साँढे ११ बजेको समय दिएको थियो । राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश अनुसार केन्द्रीय कमिटी र संसदीय दलमध्ये एकमा २० प्रतिशत भएपनि दल विभाजन गर्न पाउने मान्यता रहेको छ । सोहीअनुसार माधव नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) नामक दल दर्ताको लागि आयोगमा निवेदन दिईएको छ । file photo