काठमाडौं, ९ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पत्रकार सम्मेलन सुरु भएको छ । पत्रकार सम्मेलनको सुरुवातमा सचिव योगेश भट्टराईले बोलेका छन् ।
भट्टराई लामो समय माधवकुमार नेपालको पक्षमा थिए । तर, एमाले विभाजनमा साथ दिएनन् ।
विगतमा नेकपा हुँदा ओलीविरोधी मोर्चाले थालेको आन्दोलनका क्रममा भएका आमसभामा उनै योगेश भट्टराईले सुरुवाती भाषण गरेका थिए । अहिले उनी यु टर्न भई ओलीको पक्षमा लागेका छन् ।
सुरुमा बोलेका उनले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको आलोचना गरेका छन् । उनले विभाजनको विरोध गर्दै अतिवादी मौलाउने खतरा औल्याए ।-फाइल तस्बिर