विराटनगर, १० भदौ । प्रदेश नं १ को मुख्यमन्त्री नियुक्त हुनलागेका भीम आचार्यलाई शोक परेको छ । उनका भाई राम आचार्य इनरुवा नगरपालिका ३ स्थित घरमा मृत फेला परेका हुन् ।
५९ वर्षीय आचार्यको शव फेला परेको कोठामा चुकुल लगाइएको थियो । प्रहरीले आफन्तको उपस्थितिमा चुकुल तोडेर कोठाभित्र प्रवेश गरी अनुसन्धान सुरु गरेको छ ।
नेकपा एमाले प्रदेश १ को संसदीय दलको नेताबाट शेरधन राईले राजीनामा दिएपछि भीम आचार्यलाई नेता नियुक्त गरिएको छ । उनी आजै मुख्यमन्त्री नियुक्त हुँदैछन् । तर, शोक परेपछि सपथ ग्रहण सर्न सक्ने बुझिएको छ ।