Logo

युइएफए च्याम्पियन्स लिगको खेल तालिका आजै सार्वजनिक हुने



काठमाडौं, १० भदौ । यस सिजनको युइएफए च्याम्पियन्स लिगको समूह विभाजन र खेल तालिका आज राति सार्वजनिक हुँदैछ । बुधबार राति प्ले अफबाट साख्तर डोनेक्स, रेडबुल साल्जवर्ग र सेरिफ टिरासपोलले च्याम्पियन्स लिगमा स्थान बनाएसँगै सबै ३२ टोलीको टुंगो लागेको छ ।

च्याम्पियन्स लिगको ‘ड्र’ टर्कीमा नेपाली समयअनुसार राति ९ः४५ बजे हुनेछ । सहभागी ३२ टोलीलाई ८ समूहमा विभाजन गरिनेछ । हरेक समूहमा चार टोली रहनेछन् । शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाउनेछन् ।

एकै समूहमा एकै राष्ट्रका दुइ क्लबलाई राखिनेछैन । समूह चरणको खेल १४ र १५ सेप्टेम्बरमा हुनेछ । त्यसपछि २८ र २९ सेप्टेम्बरमा हुनेछ । अक्टुबर १९ र २० म तेस्रो राउन्डको खेल हुनेछ । चौथो राउन्डको खेल नोभेम्बर २ र ३ मा हुनेछ । पाँचौ राउन्डको खेल २३ र २४ नोभेम्बरमा तथा छैटौ राउन्डको खेल ७ र ८ डिसेम्बरमा हुनेछ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्