Logo

मुग्लिन–नारायणघाट सडक खण्ड पुनः सञ्चालन



काठमाण्डौ, ११ भदौ। पहिरोका कारण हिजो बेलुकीदेखि बन्द भएको मुग्लिन-नारायणघाट सडक खण्ड पुनः सञ्चालन भएको छ । मुग्लिन नारायणघाट सडक खण्ड अन्तर्गत सेतीदोभानमा गएको राति ८ः२० बजेको समयमा ठूलो पहिरो खसेको थियो। पहिरो हटाएपछि सडक खुलेको हो ।

सो सडकअन्तर्गत १४ किलोमा भने सडक एकतर्फी मात्रै सञ्चालनमा छ । सो स्थानमा कालोपत्र भासिएकाले अहिले सडक एकतर्फी मात्रै सञ्चालनमा आएको प्रहरीले जनाएको छ । अविरल वर्षाका कारण बिहीबार रातिदेखि नै सडक भासिएको हो । सडक भासिने क्रम अझै रोकिएको छैन ।

तनहुँ – दुई दिनदेखि निरन्तर परेको वर्षापछि पहिरो जाँदा आजविहानदेखि अवरुद्ध भएको डुम्रे–बँेसीसहर खण्ड सञ्चालन आएको छ । भानु नगरपालिका–१ अँधेरी खोलामा माथिबाट आएको पहिराले सो सडक खण्ड अवरुद्ध भएको जिप्रकाका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । नगरपालिकासँग समन्वय गरी करिब एक घण्टाका अवधिमा सडक सञ्चालन गरिएको उनले बताए ।

File Photo



प्रतिक्रिया दिनुहोस्