काठमाडौं, ११ भदौ । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल शनिबारबाट बाढी प्रभावित जिल्लामा राहत वितरणमा सक्रिय हुन् भएको छ । परषदले टेन्टलगायत राहत सामाग्री वितरण गर्ने भएको हो ।
भारतीय जनता र सरकारले उपलब्ध गराएको राहत सामाग्री वितरण गर्ने तयारी भइसकेको छ । ६ सय थान टेन्ट, ५ सय थान त्रिपाल, स्लिपिङ म्याट ४ हजार र ५ सय परिवारलाई औषधि वितरण गरिने प्राज्ञिक विद्यार्थी परिषदले जनाएको छ। राहत सामग्री भारतीय दूतावासका उपप्रमुख नाम्ग्या सि खम्पाले परिषद्का राष्ट्रिय संगठन सचिव नारायणप्रसाद ढकाललाई हस्तान्तरण गरिन् ।
राहत सामग्री सिन्धुपाल्चोक,दोलखा, रसुवा,धादिङ, गोरखा र मनाङमा वितरण गरिने ढकालले जानकारी दिए। धादिङबाट राहत वितरण कार्य सुरु हुने परिषदले जनाएको छ।