Logo

रौतहटका कांग्रेस नेताहरु सानेपामा धर्ना बस्दै



काठमाडौं, भदौ १३ । नेपाली कांग्रेस केन्द्रीय पार्टी कार्यालयमा क्रियाशिल सदस्यताको विवादलाई लिएर आजबाट अर्को धर्ना सुरु हुने भएको छ ।

नेपाली कांग्रेस रौतहट क्रियाशिल सदस्यतामा धाँधली भएको भन्दै विरोध स्वरुप धर्ना गर्न लागिएको रौतहटका एक कांग्रेस नेताले बताए ।

यसअघि नेपाली कांग्रेसका विभिन्न जिल्लाका सभापतिहरुले क्रियाशिल सदस्यता नामावली पार्टी वेबसाइटमा सार्वजनिक गर्नुपर्ने माग सहित सुरु गरेको धर्ना तथा रिले अनसन शनिबार मात्रै तोडिएको थियो ।



प्रतिक्रिया दिनुहोस्