Logo

भीम रावलले भने–चौथाईवालेसँगको भेटमा हाम्रा नेताले राष्ट्रिय हितका के कुरा गरेछन् ?



काठमाडौं, १३ भदौ । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री डा. भीम बहादुर रावलले भारतीय सत्तारूढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाईवालाको नेपाल भ्रमणको क्रममा जयसिंह धामीको हत्या गर्ने भारतीय सुरक्षाकर्मीलाई कारबाही गर्ने विषय उठाएको रहेछन् र राष्ट्रिय हितमा के कुरा गरेछन् ? भनेर जनतालाई जानकारी गराउनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन् । उनले भने,‘कूटनीतिक मर्यादाको सीमा नाघेर भाजपाका नेता चौथाइवालेसंग भेटवार्ता गर्ने कुनकुन नेपाली नेताले महाकालीमा तुइन खुस्काएर जयसिंह धामीको हत्या गर्ने भारतीय सुरक्षाकर्मीलाई कार्वाई गर्ने विषय उठाएछन् र राष्ट्रिय हितका के कुरा गरेछन्,जनतालाई जानकारी गराउने नैतिक जिम्मेवारीबोध गर्ने कि?”

भाजपाका विदेश विभाग प्रमुख चौथाईवालेले हालै नेपाल भ्रमण गरेका थिए । नेपाल बसाईको क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल, लोसपाका अध्यक्ष महन्थ ठाकुर, गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मालगायतलाई भेटेका थिए ।



प्रतिक्रिया दिनुहोस्