Logo

बायर्न म्युनिकको शानदार जित



काठमाडौं, १३ भदौ । जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिकले शानदार जित निकालेको छ ।शनिबार राति भएको खेलमा बायर्नले हेर्था बर्लीनमाथि ५–० गोलको जित निकालेको हो ।

बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गोल गरे ।घरेलु मैदानमा खेलको छैटौं मिनेटमा मुलरले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए ।३५औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नको अग्रता २–० को बनाए ।

खेलको ४९ औं मिनेटमा जमलले गोल गर्दा बायर्न ३–० को अवस्थामा पुग्यो ।खेलको ७० औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ४–० को अग्रता दिलाए ।त्यसपछि खेलको ८४ औं मिनेटमा लेवान्डोस्कीले ह्याट्रिक गर्दा बायर्न ५–० को शानदार जित हात पार्न सफल भयो ।फराकिलो जितसँगै बायर्नले ३ खेलमा ७ अंक जोडेको छ । लिगको दोस्रो जित निकालेको बायर्न दोस्रो स्थानमा उक्लिएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्