Logo

बामदेव जता राष्ट्रिय सभामा उसैको बहुमत



काठमाडौं, १३ भदौ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम राष्ट्रिय सभामा निर्णायक शक्ति भएका छन् । अब उनी सत्ता गठबन्धन या एमाले जता हुन्छन् उसैको बहुमत हुनेछ ।

राष्ट्रियसभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित ५९ सांसद छन् । नेकपा एमालेको बहुमत रहेकोमा फुटेपछि त्यो रहेन ।

अहिले एमालेका २९, नेकपा माओवादी केन्द्रका १३, नेपाली काँग्रेसका ७, नेकपा एसका ७, स्वतन्त्र १ र मनोनित १ सांसद छन् । स्वतन्त्र खिमलाल देवकोटा माधवकुमार नेपालनिकट हुन् । मनोनित बामदेव गौतम हुन् ।

गठबन्धन र एमाले दुवैका बराबर २९ सांसद पुगेका छन् । बामदेव गौतमले एमाले छाडेर माधव नेपाललाई साथ दिने बताएपनि टुंगो लगाइसकेका छैनन् । त्यसैले उनी निर्णायक शक्ति भएका छन् ।

बामदेव जता उसैको बहुमत पुग्नेछ । बामदेवको कित्ताकाटले राष्ट्रिय सभाको अंकगणितमा ठूलो फरक पार्नेछ । यसकारण उनी शक्तिशाली बनेका छन् ।



प्रतिक्रिया दिनुहोस्